रंगिमन गित छयांकन हुदै

साउन ७ कालिकोट पश्मिेली रितिरिवाज र परम्परामा आधारित  रंगीमन गित चर्चामा आएसंगै छयांकनको तयारी गरीएको छ।संञ्चारकर्मी तथा कलाकार धर्मराज ताम्राकारको शब्द, संगित, स्वर र गायीका रेखा जोशीको आवाजमा बजारमा सार्वजनिक गित यतीवेला सामाजिक संञ्जाल टिकटकमा भाइरल भएको छ ।

 

पश्मिेली रितिरिवाजमा आधारित छमछमी नाच्न मिल्ने रंगीमन नामको गितले चर्चा कमाएको भन्दै त्यसको भिडियो छयांकनको तयारी भएको गायक धर्मराज ताम्राकारले जानकारी दिए। रंगीमन र साईलोदाई   गितको भिडियो अवको एक हप्ता भित्र छयांकन गरी  सार्वजनिक गरीने उनले बताए

 

यस अघी गायक ताम्राकारले बालवालिका सम्बन्धी,सारासमाजलागी परौँ,बालगृहअन्त्य गरौँ, सन्देश मुलक गित,देउडा, हुट्केउली,लोक गित हलो बनाउने बासोले हो,आँखाकीनानी हौ तिमित,आलुकाट प्याज भुट, मेरोखाँडाचक्र लगायत दर्जन बढी गितहरुमा स्वर दिइसकेका छन।

 

छोटो समयमा गित भाइरल भएकोको हुदा भिडियोको लागी तयारी भईरहेको निर्देशक खगेन्द्र न्यौपानेले बताए । जस गितको रेर्कडिङ सुरताल डिजिटल स्टुडियो काठमान्डौमा भएको थियो ।