परिचयात्मक कार्यक्रम तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

जेष्ठ १८,कालिकोट। कालिकोटको तिलागुफा नगरपालिकाका जननिर्वाचित पदाधिकारीसहितका सरोकारवालासँग परिचयात्मक कार्यक्रम तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

किर्डाक नेपालले तिलागुफा नगरपालिकामा गरेका बिभिन्न कार्यक्रम हरुको बारेकमा जानकारि गराउदै आगामि दिनहरुमा गर्ने कार्यक्रमको बारेमा जानकारि गरार्ईएको छ। कार्यक्रममा परियोजना सल्लाहकार समितिको बैठक पनि सम्पन्न भएको छ।

तिलागुफा नगरपालिकाले परियोजनाका सल्लाकारहरुलाई स्वागत गर्दै अहिले पनि किर्डाक नेपालले राम्रो काम गरेको र आगामिदिनमा पनि यस्ता सहयोगि दाताहरुलाई नगरपालिकाले दिल खोलेर स्वागत गर्ने नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायले बताए।

किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको,तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्याय,सेभ द चिल्ड्रेन बालसंरक्षण अधिकृत बाले विश्वक्रमा,वडानं.१ देखि ११ सम्मका वडा अध्यक्ष,कार्यापालिकासदस्य,महिलासदस्य,बिषयगत शाखाका प्रमुख एवम् किर्डाक नेपालका परियोजना संयोजक लगाएतको सहभागितामा कार्यक्रम गरिएको हो।