
श्रावण २५, कालिकोट। कोभिड अस्पताल कालिकोट अहिले कोरोनाका बिरामीहरुको संख्याले फेरी भरिन थालेकाे छ ।स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लामा कोरोना संक्रमण दर दिन प्रतिदिन बढ्दै गएको तर, संक्रमण नियन्त्रणका लागी सावधानी नभएको पाईएको हो।
जिल्ला प्रशासन कार्यालयले भाद्र १ गते सम्मलाई निषेधाज्ञा जारी गरेपनी जिल्लामा निषेधाज्ञाको पालना नभएको जताततै मान्छेको भिँडभाड भएको पाईएको छ ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार, जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेको तर, सावधानी नभएको बताउनुभयाे । उहाँले भन्नुभयो,’ ‘केहीसमय खालि भएको कोभिड अस्पताल मान्ममा अहिले २४ जना कोरोना संक्रमितका बिरामी छन भने, दुई जनालाई अक्सिजन दिनु परिरहे छ।
जिल्लाकाे रास्कोट नगरपालिका, तिलागुफा, महावै,पचालझरना,लगायतका क्षेत्रका आइसोलेसनमा पनी खचाखच कोरोनाका बिरामी भर्ना हुनथालेको उहाँले जानकारी दिनुभयो



karnalipress
२५ श्रावण २०७८, सोमबार १८:४६