कर्णालीका मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासकाे मत लिने

 सुर्खेत कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको बैठक मङ्सिर १४ गते दिउँसो १ बजेका लागि आह्वान गरिन्छ, प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।