
ललित बिष्ट जेठ २,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकामा गठबन्धन भित्रका स्वतनत्र उमेरदवार कमल बहादुर शाही मेयरमा बिजयी भएका छन् । यस्तै उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गणेशबहादुर शाहि निर्वाचित भएका छन् ।
मेयर कमलबहादुर शाहीले २ हजार ९ सय १९ मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी एमालेका जसिप्रसाद पाण्डेले २ हजार ६ सय ९ र नेपाली कांग्रेसका तारा शाहले १ हजार ७ सय ९३ मत पराप्त गरेका छन् ।
उपमेयर गणेशबहादुर शाहीले २ हजार ९ सय २६ मत र उनका उनका प्रतिस्पर्धी एमालेका मिना शाहीले २ हजार १ सय ३७ मत पराप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै नगरपालिकाको वडा नं. १,४,५,६,७, र १० मा नेकपा माओवादी केन्द्र, ८ र ९ समाजवादी र ३ नं.वडामा नेकपा एमालेले जितेको छ ।
यस नगरपालिकामा २०७४ को स्थानिय तहको चुनावमा एमाले विजयी भएको थियो ।



karnalipress
२ जेष्ठ २०७९, सोमबार १७:५३