
जेठ १२,कालिकोट। अघिल्लो स्थानीय सरकारका पाँच वर्ष समग्रमा उपलब्धीपुर्ण बनेको पाईएको छ । पुराना जनप्रतिनिधिको कार्यकाल पुरा हुदै नयाँको स्वागतका लागि चुनाव प्रचारमा रहदा स्थानीयले पहिलाले ठिकै गरेका थिए ।
फेरी नयाँ किन ल्याउन लागे भन्ने नागरिकको प्रतिक्रिया सुनिएको थियो । जिल्लाको रास्कोट नगरपालिका वडानं २ की बिह खड्काले स्थानीय सरकारले गाउँमा सडक देखि खानेपानी सम्म दिएकाले आफु पुरानै जनप्रतिनिधि दोहोरिनु पर्छ भन्नेमा रहेको बताईन् ।
‘पिउने पानी लिन गाउँवाट ३० मिनेटको वाटो हिडेर जानुपथ्यो । आजभोली त आँगनमै पानीका धारा पाएका छौ । हाम्रा लागि यस्तै बिकास गर्ने नेता चाहिएका हुन’ उनले भनिन् ‘आँगनमा पानीको धारा हुदा महिलाहरुलाई धेरै सहज भएको छ,खाना पकाउने,गाई वस्तुलाई पानी दिन, भाडाँ माझ्न महिलालाई सहज हुदा अन्य काम गर्न पनि सजिलो भएको छ।’
जस्तै खुसि अम्मकला न्यौपाने पनि छन् । खानेपानीले तरकारी खेती झन मौलाएको बताईन् । न्यौपानेले आफ्नो गाउँमा तरकारी खेती हुन्छ भनेर वडानं २ का वडाअध्यक्ष दयाराम सिम्खाडाले सुरुमा पानीको योजना दिनुभएकाले आफ्ना गाउँका सबै उहाँ प्रति निकै खसि भएको सुनाईन् ।
वडानं २ का पृथी खड्कले गाउँमा सडक पुग्दा तरकारी खेतीमा धेरै किसानको रुची वढेको सुनाए। बिकास भएपछि मान्छे रोजगारी हुन आफैपनि तयार हुदो रहेछ उनले भने ‘पहिला सडक नहुदा उहि परम्परागत खेतीमा लाग्ने आफ्नो गाउँका नागरिक आजभोली वन्दा,आलु,भाजी,काँक्रा,टमाटर लगाएतका तरकारी खेतीमा स्थानिय जुटेका छन् ।’
उनले भने,‘गाउँमा मात्र होइन एक घरमा एक धारा बने,वारीमा सिचाई गर्न,गाईवस्तुलाई पानी दिन,टाडा पानी लिन जाने समयको वचत हुन थाल्यो त्यो समयलाई सबैले सदुपयोग आफ्ना वारीमा तरकारी खेती गर्न थाले । कसैले तरकारी खेती ब्यवसायका रुपमा गरेका छन भने केहीले आफुलाई खानका लागि गरिरहेका छन त्यसैले सरकारका पाँच वर्ष राम्रै भएको आफुले देखेको पृथी खड्काको भनाई छ।’
पानी भए वानीको बिकास हुने रहेछ भनेर गाउँका नागरिकले पुस्टी गरिदिएका छन ।
रास्कोट नगरपालिका वडानं २ का निवर्तमान वडा अध्यक्ष दयाराम सिम्खाडाले पानीको ब्यवस्थापन भएपछि सरसफाई देखि तरकारी खेतीमा जुटेको आफुले देखेको सुनाए। उनले भने ‘पहिला ट्वाईलेट पनि पुरै फोहोर हुने आगनमा त्यस्तै झिङगा हुने गर्थे आजभोली पुरै हटेको छ । पानीसंगै सबै नागरिकमा वानीको बिसका भएको छ,अझै केही काम गर्ने इच्छा थियो । तर नगरप्रमुखमा काम गर्ने अवसर यसपाली मिलेन सिम्खाडाले सुनाए।’ उनले एमालेवाट नगरप्रमुखको उम्मेदवार दिएका थिए। गठवन्दनका उम्मेदवार धर्मराज शाही संग थोरै मतले पराजित पारेका छन् । गाउँमा खानेपानी र सडकले नागरिकको जिवन स्तर फेरिएको छ । अवका जनप्रतिनिधिले पनि यसैलाई थप बिकास गरिदिन नागरिकको सुझाव छ ।



karnalipress
१२ जेष्ठ २०७९, बिहीबार १७:४६