नयाँ जनप्रतिनिधिका थरीथरीका निर्णय

ललित बिष्ट जेठ १२ कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकाले पहिलो निर्णयमा नगरभरीका सबै नागरिकको स्वास्थ्य बिमाका लागि ५० प्रतिसत रकम नगरले तिर्ने,नगरपालिका भित्रका सबै बिरामीलाई निशुल्क एम्वुलेन्स सेवा अस्पताल सम्म दिने निर्णय गरेको छ ।

नगरप्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार संगै दुई वर्षमा राष्ट्रिय प्रशारणलाईन सबै नागरिकका घरमा पुगाउने,उच्चा शिक्षा पढ्ने मध्यका उत्कृष्ठ छात्रा छात्रलाई छात्राबृद्धी प्रदान गर्ने चार वटा निर्णय गरेको छ । प्रमुख उपाध्यायले संगै अरु बिकासे काम त हुने नै भए । त्यस मध्य फरक भनेका यो वर्ष यिनै काम हुने बताए ।

यस्तै जिल्लाका खाँडाचक्र नगरपालिकाले पनि गर्भवतीलाई निशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेको छ । वजार क्षेत्रमा रहेका सार्वजनिक सौचालय ब्यापारीले आफुखुसि प्रयोग गदै आएकाले त्यसलाई नगरको स्वामित्वमा ल्याउने समेत निर्णय खाँडाचक्र नगरपालिकाले गरेको नगरप्रमुख कमल बहादुर शाहीले बताए ।

रास्कोट नगरपालिकाको प्रमुख र उप्रमुखले पदभार समाले संगै नगर सरकारको पहीलो निर्णय जनयुद्ध कालिन घाइते अपाङ्गहरुको परिचय पत्रको आधारमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने,शहिद, बेपत्ता,दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र अर्को छात्र कोठा निर्धारण गरि छात्रबृति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै नगरको केन्द्र रहेको आर.सि.पि. बजारको अव्यवस्थित खानेपानी तथा सरसफाइलाई ब्यबस्थित गर्ने निर्णय समेत गरेको छ ।

नगरउपप्रमुख मनिराज वरालले नगर सरकारको पहिलो निर्णय अनुसार रास्कोट अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने,निशुल्क बाली तथा पसुपन्छी बिमा कार्यक्रम पनि सञ्चालनमा ल्याउने बताए । नगरको पहिलो निर्णयमा ७० वर्ष माथिको सामाजिक सुरक्षा भत्ता घरमै गएर भुक्तानी गर्ने, रास्कोटमा वहुमुखि क्याम्पस सञ्चालनका लागि तत्काल पहल सुरु गर्ने पनि निर्णय भएको छ ।

शान्नीत्रिवेणी गाउँपालिकाले भने पहिलो वर्षमा आफ्नो गाउँपालिका भित्रका सबै वस्तीलाई समेट्ने गरी रकु देखि मुम्र्रा सम्मको सडक निमार्ण गर्ने निर्णय गरेको छ । अध्यक्ष मोहन केसिले पहिलो वर्ष हामी सडक वनाउने र नागरिकलाई गाउँपालिका सम्म सेवा लिन आउदा सहज वनाउने रहेको बताए ।

पचालझरना गाउँपालिकाले पालिकामा, बृद्धआश्राम तत्काल वनाउने निर्णय गरेको छ । गाउँपालिका उपाध्याक्ष अल्कीना बम सेजुवालले पहिलो वर्ष बृद्धआश्राम वनाउने निर्णय आफ्नो पहिलो भएको समाजिक सञ्जाल मार्फत जानकारी दिईन् । नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले आफुले पनि भस्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता गरेका छन् । उनले मेरो पहिलो निर्णय नै यही हो ।

वाँकी आगामी वर्षको निति तथा कार्यक्रममा आफुले जनमुखी कार्यक्रम ल्याउने प्रतिक्रिया दिए । अगामी दिनमा सडक,बिद्युत र खानेपानीका साथै पहिरोको उच्च जोखिममा रहेका वस्ती धेरै भएकाले उनिहरुको स्तानान्त्रण पनि आफ्नो कार्यक्रममा रहने अध्यक्ष बिष्टले भनाई छ ।

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले पहिलो महिनाको पारिश्रमिक जिल्ला कारागारका कैदीबन्दीहरुलाई दिन, गाउँपालिकामा रहेका एकल महिला,अपाङ्गता भएका व्यक्ति,अति विपन्न,सहिद परिवारहरुको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरि स्वस्थ पुनर्जीवन दिन आबश्यक भएकाले परिवारको पहिचान गरि निशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन् ।

यस्तै महावै गाउँपालिकाले सबै नागरिकोे निशुल्क स्वस्थ्य बिमा गर्ने निर्णय गरेको छ । नबनिर्बाचित महावै गाउपालिका अध्यक्ष खेमबहादुर सिंहले पदभार ग्रहणगर्दै आफ्नो पहिलो निर्णय सबै गाउपालिकाबासीको निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ । महावै गाउँपालिकाको पादघाट सम्म तत्कालै राष्ट्रिय प्रसारण लाईन र टेलिफोन टावर पु¥याउने महावै गाउँपालिकाको पादमघाट सम्म राष्ट्रिय प्रसारण लाईन पु¥याउन पहिलो पहल रहेको बताईएको छ ।

कालिकोटका नौ वटै स्थानिय तहका प्रमुख उपप्रमुखले एकसाथ पद तथा गोपनियताको सफत ग्रहणसगै पदभारग्रहण गरेका छन् । पदभार ग्रहणसंगै सबै स्थानीय तहले पहिलो निर्ण भन्दै बिभिन्न जनपक्षिय निर्णय गरेर सार्वजनिक गरेका छन् । सुरुका निर्णयलाई जनपक्षिय वनाउन र सबैले आहा गरुन भनेर धेरै महत्वकाँक्षी कार्यक्रम गर्ने भन्दै निर्णय कपिमा समेत हस्ताक्षर ठोकेका छन् ।