
१४ पुष,कालिकोट । महादेव आधारभूत विद्यालय बाल मन्दिरलाई जिल्लाकै तीन तारे विद्यालय घाेषणा गरिएको छ। बालमैत्री विद्यालय,खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी ३० वटा मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।
युनिसेफ नेपाल र खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा महादेव आधारभूत बिद्यालय बाल मन्दिरलाई बुधबार तीन तारे विद्यालय घाेषणा गरिएको छ। कार्यक्रममा खाँडाचचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे, उप-प्रमुख बिजया बिष्ट,शिक्षक लगाएको सहभागीता रहेको थियो ।



karnalipress
१४ पुष २०७८, बुधबार २१:२५