विद्यालयको भवन तथा शौचालय हस्तान्तरण

असार १२,कालिकोट। रास्कोट नगरपालिकाको श्री सुन्दर आधारभुत विद्यालयको भवन तथा शौचालय हस्तान्तरण गरिएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग,किर्डाक नेपालको प्राविधिक सहयोग तथा रास्कोट नगरपालिकाको साझेदारिमा किर्डाक नेपालको संचालित कर्णाली शिक्षा परियोजना अर्न्तगत सुन्दर आधाभत विद्यालयमा नव निर्वित चार कोठे भवनको उद्घाटन कार्यक्रम तथा हस्तान्तरण कार्यक्रम गरिएको हो।

रास्कोट नगरपालिकाका का.वा. नगर प्रमुख उदयराम आचार्य,शिक्षा निर्देशनालयका शाखा अधिकृत झलक कोईराला,सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत शिरिस खड्का,मानव संसाधन विकास केन्द्रका ना.सु. ओम रेग्मी, प्रशिक्षक रमेश गिरि, मुख्यमन्त्री कार्यालयको निजि सचिव योगेन्द्र बम, प्लान ईन्टरनेश्नल नेपालका क्षेत्रीय प्रबन्धक मिनाकु पराजुली, किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीलगाएतको सहभागितामा हस्तान्तरण गरिएको छ।   ६४ लाख ६७ हजार १५५.३२को लागतमा तयार गरिएको बताईएको छ।