राष्ट्रपति रनिङ्ग शिल्डमा खाँडाचक्र प्रथम

फागुन १७, कालिकोट ।   कालिकोटको महावैमा सम्पन्न १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खाँडाचक्र नगरपालिका प्रथम भएको छ । यस्तै द्धित्तियमा तिलागुफा नगरपालिका र तृतियमा रास्कोट नगरपालिका भएका छन्।

महावै गाँउपालिका अध्यक्ष खेमबहादुर सिंहले महावैमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको भन्दै सक्रिय सहभागिता र सहयोगका लागि अन्य ८ वटै पालिकालाई धन्यबाद दिएका छन् । उनले समग्र खेल क्षेत्रको विकासका लागि सबै पालिकाहरुले सहकार्य गर्नुपर्ने बताएका छन्।

आगामी १४ औँ जिल्ला स्तिरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कालिकोटको तिलागुफा नगरपालिकामा हुने भएको छ। १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महावै गाँउपालिकाको कुनीमा मंगलबार सम्पन्न भएपछि बसेको जिल्ला खेलकुद विकास समिति तथा सबै पालिका प्रमूखहरुको बैठकले १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तिलागुफा नगरपालिकामा आयोजना गर्ने निर्णय गरिएको हो ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १४ देखि सुरुभएको थियो।