“समाजबादी पार्टीमा पदको लोभि मात्र रहेका छन् के छ,सिद्धान्त र बिचार?” नेत्री शाही

भाद्र २०,कालिकोट। नेकपा एमालेकी महिला नेत्री राधिका शाहीले नेकपा एकीकृत समाजवादी पार्टीमा पदको लोभिहरु मात्र रहेको बताउननु भएको छ। “कुनै सिद्धान्त र बिचार नभएकाले पदको लोभमा नपरी एमालेमा आउनुस् एमालेले तपाईलाई नेता बनाएको हो”उहाले भन्नु भयो

आफु नेकपा एकीकृत समाजवादी पार्टीमा भुलेर पनि नलाग्ने बताउदै आइतवार सदरमुकाम मान्ममा आयोजित ११ औँ जिल्ला कमिटी बैठक तथा अगुवा कार्यकर्ता भेलामा सहभागि भएर आफु नेकपा एमालेमै रहेको बताउनु भएको हो ।केही अवसरवादी हरु पार्टी छोडेर अवसर खोज्न गएपनी अन्तत आफ्नै मुल घर एमालेमै आउनेमा आफु विस्वत रहेको बताउनु भयो।