नेपाली काग्रेस १४औं महाधिवेशनमा सचिवका आकाँक्षी

श्रावण २५,कालिकोट नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा, नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।

कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस महाधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसलपसलमा हुन थालेको छ।

कालिकोट जिल्लामा पाटी सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

नेविसंघमा विद्यालय इकाई कमिटी हुदै जिल्ला नेतृत्व लिएका विद्यार्थी नेताहरूले पनि अब पाटीको नेतृत्व लिने बताएका छन् ।युवाले कालिकोट जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि उम्मेद्वारी दिएको सविन कुमार विष्टले बताए ।कालिकोट जिल्लामा लामो समय देखि नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको अधिबेशन हुन सकेको छैनन् अझै त्यो परिस्थितिमा पनि नेविसंघले विद्यार्थीको हकहितका लागि सधैं लागि परेको नेता जगतजंङ्ग विष्टले बताए ।

तपाईं हरुले पाटी सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा ,पाटी लाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि पाटी सचिवको मुख्य भुमिका रहने भएकोले युवाले नै उम्मेद्वारी दिएका हुन् नेत्रबहादुर शाहीले भने महाधिवेशमा सचिव पदमा उम्मेद्वारी घोषणा गरेको बताए ।

रामचन्द्र पौडेल समुह निकट मानिने नेविसंघका अध्यक्ष नेत्रबहादुर शाही ,उपाध्यक्ष जगतजंङ्ग विष्टले उम्मेद्वारी घोषणा गरेका छन् भने ,शेरबहादुर देउवा टिमबाट नेविसंघका सचिव सविन कुमार विष्टले पनि सचिव पदमा नै उम्मेद्वारी घोषणा गरेका छन् ।

कालिकोट जिल्लामा सिटौला र पौडेल टिम एक भए लड्ने सम्भावना छ भने देउवा टिम सिङग्ल भिड्नेछन् ।यो भन्दा अघि देउवा टिम बाट मातृका सिंह ले उम्मेद्वारी घोषण गरेका छन् भने पौडेल,सिटौला टिमबाट नगेन्द्र विष्ट, टिकाराम न्यौपाने ,हरिस वोगटीले पनि आफ्नो उम्मेद्वारी घोषण गरेका छन् ।केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।@diyokhabar