
जेठ २५,कालिकोट। कालिकोट जिल्ला विपद् व्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको अध्यक्षतामा विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना लगाएतका निर्णय गरी बैठक सम्पन्न भएको हो ।
कालिकोट जिल्ला एक विपद् को जोखिम ठाउँ भएकाले नेपालमा यस वर्षको मनसुन सक्रिय भएका कारण बर्षाबाट हुन सक्ने भौतिक संरचना लगाएतका धनजनको क्षेतिलाई न्यूनीकरण गरी कार्यान्वयन गर्न विपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९को अद्यावधीको लागि बैठक राखेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
नले भने,कालिकोट जिल्ला विपद् व्यावस्थापनका दृष्टिले अति सम्वेदनशिल जिल्ला भएको तथा मौसम विज्ञान विभागले यस वर्ष औसत भन्दा अधिक वर्षा हुन सक्ने सम्भावना भएकोले सवै सरकारी, गैर सरकारी निकाय, विकास साझेदार संघसंस्थाहरु, नेपाल रेडक्रस सोसाइटी,कालिकोट उद्योग वाणिज्य संघ, सवै सुरक्षा निकाय, स्थानीय तह लगाएत निजी स्तरमा रहेका खोज तथा उद्दारका लागि आवश्यक मेसिसनरी औजार एवं अन्य सामाग्रीहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न र तत्काल खोज उद्दारसंग सम्वन्धित जनशक्तिलाई समेत सम्बन्धीत निकायले तयारी अवस्थामा राख्न विपद् व्यावस्थापन समितीकाको बैठक बसेको छ ।
कार्यक्रममा सवै पालिकाका प्रमुख तथा उपप्रमुखले जोखिममा परेका तथा बाडिबाट पिडित घरदुरीका विषयमा छलफल समेत गरेका हुन् । कालिकोट जिल्लाका अधिकांस ठाउँ बाडिपहिरोको उच्च जोखिम भएका कारण पुर्व तयारीमा लाग्ने जनप्रतिनिधीले प्रतिबद्धता व्याक्त गरेका छन् ।
आगामि दिनमा विपद् व्यावस्थापनका लागि स्वयम ठाउँमा व्यावस्थापन शाखाको निर्माण गर्न बताए । त्यस्तै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीले जोखिममा रहेका परिवार तथा घरदुरीलाई स्थानीय तहको सहकार्यमा सक्दो सहयोग गर्ने बताए । कालिकोट जिल्लामा संघसंस्थाले विगत देखि काम गरिरहेका र आगामि दिनमा पनि हातेमालो गरी अगाडि बढ्ने जानकारी दिएका छन् ।



karnalipress
२५ जेष्ठ २०७९, बुधबार ०५:४७