पहिलाे ई–पासपाेर्ट सत्यमाेहन जाेशीलाई

काठमाण्डाै – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमाेहन जाेशीलाई नेपालकाे पहिलाे विद्युतीय राहदानी (ई–पासपाेर्ट) प्रदान गरिएकाे छ । राहदानी विभागमा आज बुधवार आयाेजना गरिएकाे ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जाेशीलाई नेपालकाे पहिलाे ई–पासपाेर्ट प्रदान गर्नुभएकाे हाे । याेसँगै जाेशीले आफूसँग भएकाे पुरानाे पासपाेर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गर्नुभएकाे छ ।

कार्यक्रममा महानिर्देशक अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउनुभयो । उहाँले संसारमा चलेका राहदानीहरूमा विद्युतीय राहदानी सबैभन्दा पछाडिको रहेको बताउनुभयो ।

महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४/६६ पृष्ठको रहेको र अब यात्रा गर्नेहरूको पेज सकिएर राहदानी विभागमा धाइरहनुपर्ने समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले नेपालमा ई–पासपोर्ट बनाउन ठूला दुई वटा मेशिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताउनुभयो । सरकारले आजदेखि देशभर ई–पासपाेर्ट परीक्षणका रूपमा वितरण सुरु गरेकाे छ ।