आठबिस कार्यपालिकाको पहिलो निर्णयः सरकारी तथा गैह्रसरकारी संघसस्थामैत्रि नगर घोषणा गर्ने

जेष्ठ १८,कालिकोट। दैलेखको आठबिस नगरपालिका आफैमा एक पहिचान बोकेको नगरपालिका हो । कर्णाली नदिसँगै निरन्तर लुकामारी गरिरहेको आठबिस नगरपालिका स्रोतसाधनको प्रवल संभावना बोकेको नगरपालिका पनि हो । यतिवेला कर्णाली नदिमा आठबिस नगरपालिकाले र्याफ्टिंग सञ्चालन गरिरहेको छ भने विभिन्न पहिचानका क्षेत्रहरुलाई अगाडी ल्याइरहको छ ।

आठविस नगरपालिकामा राजस्व बढाउने नभएर राजस्वको क्षेत्रको दायरा बढाउने लक्ष्यका साथ आठबिस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहीले विभिन्न कार्यहरुलाई अगाडी बढाएसंगै यतिवेला आठबिस नगरपालिका विगतमा भन्दा फरक पहिचानका साथ अघि बढिरहेको छ ।

२०७९ को स्थानिय तहको निर्वाचन सँगै आठबिस नगरपालिकाले जिल्लामै पहिलो कार्यपालिकालाई पुर्णता दिएसँगै आज बसेको कार्यपालिकाको पहिलो वैठकले केहि महत्वपुर्ण र एतिहासिक निर्णयहरु समेत गरेको छ ।

साेमवार बसेको कार्यपालिकाको पहिलो वैठकबाट आठबिस नगरपालिकाको संवृद्धिको लागी नेपालमा क्रियासिल सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुसँग हातेमालो गर्दै त्यसबाट विकासनिर्माणको क्षेत्रमा परिवर्तन गर्ने लक्ष्यका साथ नगरपालिकालाई सरकारी तथा गैह्रसरकारी संघसस्थामैत्रि नगरपालिका घोषणाको निर्णय गरिएको छ ।