
जेठ २८,कालिकोट। जिल्लाको पलाता गाउँ पालिकाका पुर्व अध्यक्ष लक्ष्मण बम अपुरा योजना पुरा गर्न लागि परेका छन् । आफ्नो कार्यकालमा अधुरा रहेका योजनाको काम पुरा गर्न लागि परेका हुन् ।
आफ्नो कार्यकालमा पूरा नभएका योजनाको काम सक्ने लक्ष्यका साथ आफु लागि परेको पुर्व गाउँपालिका अध्यक्ष लक्ष्मण मब बताउछन् । बमले थप रहेका केही योजनाहरुका लागि काठमाडौ सम्म पुगेको बताउदै आफू सरकारमा नरहेता पनि पलाताको विकासलाई केन्द्र प्रदेश सरकार सँग सधै पहल गरि रहने बताए ।
आफुले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगाएतका भौतिक संरचनाहरुको निरन्तर निर्माणमा खटिदै दाम्डि खोला लघु जलविद्युत आयोजना, थिर्पु जिन्दर, पारौटी, माछा, पातिहाल्ना सडक, थिर्पु डेढु बाझकोट जोडने सडक लगाएतका आयोजनाहरु निर्माणमा खटिएको जानकारी दिए ।



karnalipress
२८ जेष्ठ २०७९, शनिबार ०७:५०