
ललित विष्ट माघ १,कालिकोट । बुबा आमा मृत्यु पछि पिडामा रहेका विपन्न दलित समुदायका अपाङ्ग बालबालिकालाई न्यानो ब्लाङ्केट र जाकेट वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चार जना बालबालिकालाई न्यायो ब्लाइकेट र जाकेट वितरण गरेका हुन्।
यसरी विपन्न वर्गका बालबालिकालाई जाडोमा न्यायो बनाउन ब्लाइकेटसहित केही अरु कपडा सहयोग गरिएको उनलेे बताए । उनले भने, ‘यी अपाङ्ग बालबालिकालाई केही न्यानो बनाउन,आफुले केही सहयोग गरेको हु। एक त दलित समुदायका बालबालिका यसैमा अपाङ्ग रहेछन् । बुबा आमाकाे मृत्युपछि घर खर्च चलाउन समेत समस्या छ भन्ने कुरा आफु कहाँ पुगेपछि आफुले केही सहयोग गरेका छाैं ।’
सहायक प्रमुख जिल्ला अधिकारी सराेज अधिकारीले बालबालिकाकाे दयनीय अवस्था देखेर ७ हजार नगदसहित ४ पेटि चाउचाउ सहयोग गरेका छन् ।
कालिकोटको खाँडाचक्र नगरपालिका -२ काे दलित बस्तीका ४ जना बालबालिका साहाराकाे प्रखाईमा छन् ।
बुबा आमा गुमाएका यी बालबालिकालाई पठनपाठनमा निकै समस्या छ। उनिहरुलाई अहिले जेठाे दिदी मुगा दमाईले हेर्दै आएकी छन्।
बुबा हसिंगे दमाई र आमा जसुदा दमाईकाे मृत्यु भएपछि उनिहरु बालबालिका समस्यामा छन् ।



karnalipress
१ माघ २०७९, आईतवार ०७:१९