
श्रावण २५, कालिकोट। जिल्लाको रास्कोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम अनियमिता भएको भन्दै तालाबन्दी गरिएको छ ।
रास्कोट नगरपालिका –५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकममा अनियमिता गरेको भन्दै मजदुरहरु र अन्य नागरिकहरुले नगरपालिकाको कार्यालय र वडामा तालाबन्दी गरेको सुरेश बहादुर शाही -सेरसिंले जानकारी दिनुभयो।
वडा नं.५ का नागरिकहरुले ४५ दिन काम गरेको पारिश्रमिक नपाए सम्म नगरपालिकामा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन्।



karnalipress
२५ श्रावण २०७८, सोमबार १८:०६