महेन्द्रले जिते मन्त्री बनाउँछुः प्रचण्ड

कार्तीक २२ कालिकोट।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

मंगलबार कालिकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रममा उनले भने, ‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ । यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु ।

’ अध्यक्ष प्रचण्डले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह समेत गरे । उनले नेकपा एमाले नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएको आरोप लगाए । प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा दने पनि आश्वासन दिए ।