भाद्र २३,कालिकोट नागरीकाको गुनासोसुन्दै अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा गाउँ-गाउँमा पुग्नु भएको छ।जिल्लाको पलाँता गाउँपालिका वडानं.२ को वडा कार्यलयमा पुगेर नागरीकाको गुनासो सुन्दै भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिकास निर्माणका लागि पलाँता सरकारले पलाँताको वडानं. २ मा बिकास संतोषजनक रहेको बताउदै रानिबिसौना,बान्जडा,राडुनेटा हुँदै लार्फ सम्म जोडने सडकको कामका लागि बडगाउ सम्म सडक निर्माण भएको र बाकी रहेको बडगाउ देखि राडुनेटा सडक खण्डमा जोडने सहमती भएको हो । त्यस्तै बिकास निर्माणका कामलाई तीव्रता दिने अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाको भनाइ छ।
कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा, उपाध्यक्ष दाना न्यौपाने, वडानं.२ का अध्यक्ष बिद्वी कामी बिरि, वडानं. ९ का वडा अध्यक्ष टक्क बहादुर बम, शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट, खगेन्द्र न्यौपाने, पत्रकार नमराज न्यौपाने, वडा वडानं.२ का पार्टी अध्यक्ष सर्पानन्द न्यौपाने लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
karnalipress
२३ भाद्र २०७८, बुधबार १६:५०