
आउन ५,कालिकोट । अभिभारा राष्ट्रिय साप्ताहिकको २०औं बार्षिक उत्सव समारोह सम्पन्न भएको छ । अभिभारा राष्ट्रिय साप्ताहिका व्यवस्थापक माधव उपाध्यायको अध्यक्षता तथा सान्नीत्रिबेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश)को प्रमुख आथित्यता एवम् प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाको बिषेश आथित्यतामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सहभागि माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी चौलागाँई शैलेन्द्र,प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपाने,पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट,निर्वाचन प्रमुख नन्दाराम चौलागाँई लगाएतले शुभकामनादिदै आगामि दिनमा अभिभारा राष्ट्रिय साप्ताहिकले समाज रुपान्तरणको लागि कलम चलाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागिले अभिभारा राष्ट्रिय साप्ताहिकको अनलाईनबाट काम गनुपर्ने सुझाब दिएका छन्। कार्यक्रमका सहभागिले निश्पक्ष पत्रकारिताको लागि हनुरोध गरेका छन्



karnalipress
५ श्रावण २०७९, बिहीबार २०:३८