वडा अध्यक्ष बमद्वारा खेलाडिलाई सम्मान ।

कालिकोट :
रास्कोट नगरपालिकाले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगितामा प्रथम भएका सान्नी त्रिवेणि गाउँपालिकाका खेलाडिलाई वडा नं ५ का वडा अध्यक्ष रामराज बमले सम्मान गरेका छन । सान्नी त्रिवेणि गाउँपालिका वडा नं ५ का मात्र ६ जना खेलाडिले उक्त प्रतियोगितामा भाग लिएका थिए ।

प्रथम हुने गाउँपालिकाका खेलाडिलाई सान्नी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि पालिकामै सम्मान गरेको थियो । गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल निमित्त प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र धामि वडा नं १ का वडा अध्यक्ष वैकुण्ठ राज गिरि लगायतले प्रथम हुने खेलाडिलाई दोसल्ला फुलमाला सहित सम्मान गरिएको थियो ।

वडा नं ५ का वडा अध्यक्ष रामराज बमले पनि आज आफ्नै कार्यकक्षमा बोलाएर खेलाडिलाई सम्मान गरेका हुन । खेलाडिहरुको मनोबल बढाउनका लागि र पालिकाको नाम उचो राख्नमा आफ्नो खेल प्रश्तुत गर्ने खेलाडिलाई सम्मान गरेको वडा अध्यक्ष बमले बताए । खेलाडिहरुको सम्मान र उनिहरुको खेलको उच्च कदर गर्ने समेत उनले बताएका छन ।