आज प्रचण्ड कालिकोट आउने

कार्तीक २२ कालिकोट। आज प्रचण्ड कालिकोट आउने भएका छन्।  बाम गठबन्धनको चुनावि आमसभालाई सम्बोधन गर्न नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड कालिकोट आउने भएका हुन्।

कालिकोट प्रदेश (क )को मान्म र प्रदेश( ख) को रास्कोटको आरसिपी बजारमा हुने चुनावि आम सभालाई सम्बोधन गर्न प्रचण्ड कालिकोट आउनलागेका छन्। यस्तै नेपाली काँग्रेसका उप-सभापति पुर्णबहादुर खड्रका पनि चुनावि सभालाई सम्बोधन गर्न कालिकोट आउने गठबन्धन प्रचारप्रसार समितिले जनाएको छ।