
२४ पुस,कालीकोट। नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मिनबहादुर शाहीले नेकपा एमाले विकास र समृद्धिको नायक भएको बताउनु भएको छ । नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता शाहीले सुर्खेत देखी खुलालु सम्मको कर्णाली राजमार्ग टुलाईन बनाउनको लागि एमाले सरकारमा भएको बेला ८२ करोड बिनियोजन गरेको वताउनुभयो ।
नेता शाहीले खुलालुको पुललाई पुर्णता दिएको,दैलेखको नारायण नगरपालि देखि महावै हुदै गाल्जे सम्मको सडक निमार्णकाको सम्भाब्यता अध्यनका साथ वजेट बिनियोजन गरेको,तिलागुफाको गाल्जेमा भएको टेलीफोन समस्या सामाधान गरेको बताउदै लाजै नमानेर माओवादीका नेताहरुले आफुले गरेको भनेर जनतालाई भ्रममा पारेर राजनिति नारा दिएको खुलासा गर्नुभयो ।
उहाँहरुले जनतालाई किन ठग्नु हुन्छ,यदी उहाँहरुको पहलमा उहाँहरुले गरेको भए खुला मैदानमा आएर हामीले गरेका हौं भनेर आफुसंग दावी पेश गर्न अनुरोध गर्नुभयो । केपी ओली सरकारको पालामा कालीकोटको विकासले गति लिएकाे बताउदै नेता शाहीले गाउँमा रहेका जनतालाई भ्रममा पारे अव फाईदा लिने ठाउँ कुनैपनि नभएको भन्दै सत्तामा वसेर सत्ता र शक्तीको दुरुपयोग गरेर फेरी नेता वन्ने माननिय हुने मन्त्री हुने सपना नदेख्न अनुरोध गर्दै तपाईहरुले के-के काम गर्नुभयो त्यो ल्याएर आउनुहोस । जनतामा जाउ त्यही छलफल गरौ भन्दै चुनौती समेत दिनुभयो ।
एमाले सरकारले भुकम्पवाट थिलो परेको देशलाई समयमै पुर्ननिमार्ण गरेको,सडक,पुलपुलेसा,निमाण,खानेपानी,शिशक्षा,स्वास्थयलगाएतका क्षेत्रको विकास गरेर सुखि नेपाली समृद्ध नेपालको अभियानलाई अगाडी वढाएका वेला दक्षिणपन्थीको वैशाखी वनेर आफ्नै सरकार ढाल्ने र ८ मन्त्रालयवाट १८ मन्त्रालय वनाएर भाग वण्डा गरी देशलाई लुटेर खोस्टो वनाउनेहरुलाई सबै नागरिकले चिनेको भन्दै त्यही कुरा कुनाकन्दराका जनतासमक्ष पुगाउन अनुरोध गर्नुभयो ।
नेपालका लुटिएका सिमा फिर्ता देखि समृद्ध नेपालका लागि नेकपा एमाले र अध्यक्ष केपि ओली नायक भएको बताउनु भएको थियो । एमालेले गरेको विकास आफ्नो पार्टीले गरेको भनेर जस लिने नखाेज्न चुनौती समेत दिनुभयो। एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दावी गनुभयो।



karnalipress
२४ पुष २०७८, शनिबार १७:४९