टेष्ट किटबाट लागुपदार्थ सेवनको चेकजाँच सुरु

 ललित विष्ट जेठ २२,कालिकोट: जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुपदार्थ रोक्न  चेकजाँच सुरु गरेको छ। कार्यालयले टेष्ट किटको माध्यमबाट चेकजाँच सुरु गरेको हो।

प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालका अनुसार  लागुपदार्थ नियन्त्रण गर्ने र दुव्र्यसन रोक्ने उदेश्यले प्रहरीले सो अभियान थालेको हो।

परिक्षणमा यदी लागुपदार्थ सेवन गरेको भेटिए  एकपटक परिवारका सदस्य वा आफन्तलाई खबर गरी सचेत गराइने उनले बताए। उनले भने, ‘एन स्टेप रेपिड टेष्ट किटले प्रयोगक्रर्ताले ड्रक्स, गाँजा, चरेस खाएको ७२ घण्टा पछि चेक गर्दा पनि रिजल्ट दिने गर्दछ।’

आइतबार बजारमा झैझगडा गरिरहेका चार जनालाई प्रहरी पक्राउ गरी टेस्ट किटको  माध्यमबाट चेक गर्दा एक जनाले लागुऔषध प्रयोग गरेको  भेटिएको थियो।

प्रहरी पछिल्लो समय कालिकोटका सबै पालिकामा प्रहरीले सचेतना कार्यक्रम गर्ने गरेको छ।