कालिकोटका ५ कार्यालय प्रमुख सम्मानित

ललित बिष्ट भाद्र ८,कालिकोट। कालिकोट जिल्लामा तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहीको अध्यक्षतामा सञ्चालन भएको बन्द सत्र मंगलबार सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य,प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहा, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महत, पुर्वाधार बिकास कार्यालयका प्रमुख हरि बहादुर वली,नेपाल बिधुत्त प्राधिकरण कालिकोटका प्रमुख मेघराज जोसिलाई सम्मान गरिएको छ ।

जिल्लामा कोरोनाको लहरमा पनि निरन्तर र नियमित सेवामा तल्लीन भएको भन्दै कार्यालय प्रमुखलाई सम्मानित गरीएको बताईएको छ।तेस्रो जिल्ला सभाले गरेका महत्त्वपूर्ण निर्णय पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताईएको छ ।