कर्णालीमा ९ लाख ८ हजार मतदाता, ८ हजार ९ सय उम्मेदवार

बैशाख १३,सुर्खेत । निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार मनोनयन दर्ता भएको छ ।

आयोगले सोमबार राती ११ बजेसम्म दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आठ हजार नौं सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार कर्णाली प्रदेशमा हालसम्म प्रमुख पदमा एक सय ५९, अध्यक्ष पदमा दुई सय ६८, उपप्रमुख पदमा एक सय ३९ र उपाध्यक्ष पदमा दुई सय ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, वडाअध्यक्ष पदमा दुई हजार दुई सय ५३, महिला सदस्य पदमा एक हजार पाँच सय १५, दलित महिला सदस्य पदमा एक हजार दुई सात सय ७७ र सदस्य पदमा तीन हजार एक सय ४० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

कर्णालीमा कुल मतदाता संख्या नौं लाख आठ हजार चार सय ३३ रहेको छ । जसमध्ये चार लाख ४९ हजार ३० महिला मतदाता, चार लाख ५९ हजार चार सय एक पुरुष मतदाता र दुई जना अन्य मतदाताको संख्या रहेको छ ।