
कालीवहादुर परियार, भाद्र २८ जुम्ला। जुम्लाका दुई वटा स्थानीय तहलाई स्मार्ट सामाग्री हस्तान्तरण गरिएको छ । तिला र तातोपानीका गाउँपालिकाका बिभिन्न वडालाई स्मार्ट सामाग्री बितरण गरिएको हो ।
वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा महिलाहरुको कार्यबोझ घटाउनको लागि स्मार्ट सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा तिला गाउँपालिका १ देखि ८ नम्वर वडालाई स्मार्ट सामाग्री हस्तान्तरण गरिएको हो ।
महिलाहरु बढि काममा ब्यस्त हुने भएकाले कार्यबोझ कम गर्नका स्मार्ट सामाग्री दिएकोमा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले किर्डाक नेपाल प्रति आभारी भएको बताउनु भयो । उहाँका अनुसार लामो समय लाग्ने कामलाई छोटो समयमा गर्नको लागि स्मार्ट सामाग्री दिएकोमा धन्यावाद दिनु भएको छ । उहाँका अनुसार महिलाको कार्यबोझ घटाउनको लागि दिएको सामान सबै समूहले सहि ढंगले प्रयोग र सुरक्षित गर्न सुझाब दिनु भएको छ ।
यस्तै कृषि क्षेत्रलाई आधुनीकरणमा जोड दिने र महिलाको कार्यबोझ घटाउनको लागि समाग्री बितरण गरिएको किर्डाक नेपाल जुम्लाको जिल्ला संयोजक रेशम बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार बितरण गरेको सामानले कृषि क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
जिल्ला संयोजक शाहीका अनुसार परम्परागत गरि रहने खेती प्रणालीलाई परिवर्तन गर्नका लागि र केहि बचेको समय अन्य ठाउँमा प्रयोग गर्नका लागि स्मार्ट समाग्री हस्तान्तरण गरिएको बताउनु भयो । दिएको सामानको प्रयोगमा ल्याउन उहाँले अनुरोध गर्नु भएको छ । महिलाको कार्यबोझ कम गर्नका लागिो सामान हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अफिसर महेन्द्रजंग शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार जुम्लाका महिलाहरुमा बढि कामको चाप हुने भएकाले केहि मात्रामा कम होस भन्नका लागि सामागही हस्तान्तरण गरिएको बताउनु भयो ।
कार्यक्रम अफिसर शाहीका अनुसार तिला गाउँपालिकाका १, २, ३, ४, ५, ७ र ८ नम्वर वडाका नागरिकलाई एउटा वडा लाई १ लाख ९० हजार बरावरको स्मार्ट सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट छनौट भएका कृषि समूहहरुलाई मिनीटेलर १, मल्टी क्रप थे्रसिङ मेसिन १, गाडे«न पाईप २० बन्डल र गे्रन्डर मेसिन २ गरि जम्मा १ लाख ९० हजार बराबरको सामान हस्तान्तरण गरिएको बताउनु भयो । यस्तै तातोपानीकाका २, ३ र ५ नम्वरका कृषि समूहलाई पनि स्मार्ट समाग्री हस्तान्तरण गरिएको बताउनु भयो । उहाँका अनुसार १ वटा थे्रसर मेसिन, १ वटा मिनीटेलर र २० बन्डल गाड्रेन पाईप गरि १ लाख ६१ हजार बराबरको स्मार्ट सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम अफिसर शाहीले जानकारी दिनुभयो ।
यस्तै स्मार्ट सामान लिन आउनु भएका तातोपानी गाउँपालिका वडा नम्वर ३ का च्याउ तथा तरकारी उत्पादन समूहका सचिव नरेन्द्र खत्रीका अनुसार किर्डाक नेपाल प्रति आभारी भएको बताउनु भयो । उहाँका अनुसार पहिले हातले गहुँ, जौँ र धान चुट्नको लागि लौराले चुट्नु पर्ने बाध्यता हटेको हुने बताउनु भयो । यो कार्यबोझ कम गर्नका लागि सामान दिएकोमा उहाँले किर्डाक नेपाललाई धन्यावाद दिनु भएको छ ।
यस्तै किडार्क नेपालले सामान दिदा आगामी दिनमा खेत जोत्नको लागि सहज हुने सामाग्री दिन तिला गाउँपालिका वडा नम्वर १ का राजकली सार्कीले सुझाव दिनु भएको छ । उहाँका अनुसार महिलाहरुको कार्यबोझलाई कम गर्नको लागि सामान हस्तान्तरण गरेकोमा किडार्क नेपाललाई धन्यावाद पनि दिनु भएको ।



karnalipress
२८ भाद्र २०७८, सोमबार १८:२४