एमसीसीको विपक्षमा चन्द समूह

असोज ६,पोखरा।  नेपाल कम्युनिस्ट पार्टी चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले एमसीसी देश र जनताविरुद्ध रहेकाले कुनै पनि हालतमा कार्यान्वयन गर्न नहुने बताएका छन् ।

जनताको अनुमति र सबै पार्टीबीच सहमतिबिनै पारित भए त्यसको प्रतिकार गर्नुपर्ने उनले बताए ।पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले एमसीसीबारेका विरोध जानीबुझी नै भएको दाबी गरे ।

‘नेपालको भाँडभैलोमा अमेरिका ठूलो फाइदा उठाएर हिँड्न चाहन्छ,’ उनले भने, ‘अमेरिका र भारतसमेत मिलेर नेपाललाई असफल बनाउन र जनतालाई निराश बनाउन र फुटाउन एमसीसी आएको छ ।’ सत्तामा रहेका केही दलको सहमतिले एमसीसी पारित गरिहाल्छौं भन्ने नठान्न उनले चेतावनी दिए ।