तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा हिक्मत सिंह निर्वाचित

चैत्र ६,कालिकोट । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा अखिल (क्रान्तिकारी )का हिक्मत सिंह निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनबाट सभापतिमा भने अखिल (क्रान्तिकारी)का सिंह निर्वाचित भएका छन् । क्याम्पसमा कुल १५९ मत खसेको थियो । सिंहले ८६ मत ल्याएर विजय भएका छन् ।

उनका प्रतिष्पर्धी नेकपा (समाजवादी ) निकट अनेरास्ववियुका रम्बा शाहीले ६३ मत ल्याएकी छन् । शाहीले सिंहसंग २३ मतदान्तरले पराजित भएकी छन् ।

त्यस्तै, सचिवमा भने नेविसंघका खगेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले ९७ मतसहित विजय भएका छन्। उनका प्रतिष्पर्धी नेकपा (समाजवादी ) निकट अनेरास्ववियुका तिर्थ ब. शाहीले ४८ मत ल्याएक छन् ।

त्यस्तै यता कोषाध्यक्षमा अनेरास्ववियुबाट दिपा शाही विजयी भएकी छन् ।