सुर्खेतमा अझै भयन कांग्रेसको वडा अधिवेशन

असाेज ५,सुर्खेत। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा हुन लागेको वडा अधिवेशनमा अन्योलता सिर्जना भएको छ । १८ भदौ देखि शुरु भएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा ५ असोजमा दोस्रो चरणको मिति तोकिएको थियो । तर, मंगलबार पनि वडा अधिवेशन हुन सकेन् ।

अझै कहिले हुने भन्ने पनि टुङ्गो नभएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो ।