महावैका अध्यक्ष सिंहको पहिलो निर्णयःनागरिककाे निशुल्क स्वास्थ्य बिमा

जेठ ११,कालिकोट। जिल्लाकाे महावै गाउपालिकाले सबै गाउपालिकाबासीकाे निशुल्क स्वस्थ्य बिमा गर्ने निर्णय गरेकाे छ । नबनिर्बाचित महावै गाउपालिका अध्यक्ष खेमबहादुर सिंहले पदभार ग्रहणगर्दै आफ्नाे पहिलाे निर्णय सबै गाउपालिकाबासीकाे निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका हुन् ।

गाउपालिका अध्यक्ष सिंहले स्वास्थ्य सेवामा नागरिककाे सहज पहुँच र उपचारमा सहयाेग पुग्ने हेतुले सबै नागरिककाे निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेकाे बताए । उनले भने, महावैकाे समग्र विकास र समृद्वि आफ्नाे पहिलाे प्राथमिक्ता हुनेछ ।

हामी जनताकाे जनमतकाे सम्मान हुने गरि महावैबासीकाे हितमा काम गर्छाैँ । नागरिकका आबश्यकता र चाहना अनुसार विकासले गति लिनेछ । गाउमा सिंहदरबार आएकाे महसुस गराउछाैँ । उनले महावैकाे विकास र समृद्विकाे लागि जनताकाे सपना पूरा गर्न सबैकाे साथ, सहयाेग लिएर पूरा गर्ने बताए ।