जनताको बिश्वास एमालेमा रहेको छः उपध्याक्ष सिम्खडा

कालीकोट, चैत १७ गते ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले जनताको बिश्वास एमाले बाहेक अन्य कुनै पार्टीमा नभएको बताएका छन् । नेकपा एमाले कालीकोटले आयोजना गरेको बृहत चुनावी आमसभामा बोल्दै उपाधयक्ष सिम्खडाले सो कुरा बताएका हुन ।

एमालेले जनताका आश गरेका काम पुरा गरेको र जनतालाई बिश्वास दिएको सिम्खडाले पार्टीमा इमान्दार ब्यक्तिको खाँचो रहेको बताउदै इमान्दारीता गर्ने ब्यक्ति कुनैन् कुनै दिन आफ्नो गन्तब्यमा पुग्ने बताउदै जनताको दुख र सुखमा नेकपा एमाले साथमा रहेको उपाध्यक्ष सिम्खडाले बताए ।

एमाले बाट कुनै झुट्टा आसपासन नरहेको बताउदै पार्टी जहिले पनि सर्वपुरी हुँने र पार्टीमा ब्यक्ति गलत रहन सक्ने हुदा सुधार गदै जाने र जब देशमा संकट पर्छ एमालेले त्यसको ब्यवस्थापन गर्दै आइरहेको बताउदै जनताका दुखलाई एमाले पार्टी खाँचो रहेको बताएका छन् । जनताको भोटलाई केबल भोट बैंकको रुपमा प्रयोग नगर्न आग्रह गर्दै कालीकोट जनताको साथमा नेकपा रहेको उनको भनाई छ ।

सामान्तबादी सोँच भएका नेतालाई लखेट्नुपर्ने बेला आएको र नेकपा एमालेका कार्यकर्ता इमान्दर रहेको बताउदै इमान्दार ब्यक्ति जहिले पनि गन्तब्यमा पुग्ने बताए । अबको दृष्टिकोण एमालेका कार्यकर्ता अब फरक सोँच बाट जानुपर्ने र बैशाख ३० गते स्थानीय चुनावमा निरन्तर खटिन आग्रह गरे । भ्रष्ट्रद्धारका नाइकेहरुले बिगारेको समाज लाई परिर्वत गर्ने अबको लक्ष रहेको नेतार एमालेबाट टुक्रिएर गएका ब्यक्तिले अन्य पार्टीमा केही भ्रम सिजर्ना छरेको उपाध्यक्ष सिम्खडाले बताएका छन्।