
कालिकोट । कालिकोटको शुभ कालिका गाउँपालिकाले स्वास्थ्यका कर्मचारी हुँदाहुँदै फेरी विज्ञापन माग गरेको छ।
भाद्र ५ गते बसको गाउँपालिकाको निर्णय अनुसार नयाँ कर्मचारीको लागि विज्ञापन माग गरिएकाे हाे। गाउँपालिकामा फाजिलवाला कर्मचारी तलब भत्ता खाइरहेको बेला आफ्ना मान्छे राख्नलाई नियम विपरीत कर्मचारी राख्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
गाउँपालिकाले नयाँ कर्मचारी नियुक्ति गर्न गरेको विज्ञापनमा आवेदन दिएकालाई लिखित परीक्षा नलिई, सटलिष्टमा पारेर मौखिक परीक्षा लिन सुरु गरिएको छ। आफ्ना पार्टीका कार्यकर्तालाई राख्नलाई यस्तो गरेको भन्दै स्थानीयले भने आरोप लगाएका छन्।



karnalipress
२ पुष २०७९, शनिबार १९:५५