
ललित बिष्ट साउन १०,कालिकोट । कालिकोट भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले डाँडा बीचको सुन्दर फूल बनेको छ । विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा कालिकोटका अधिकांश पर्यटनका लागि प्रचुर सम्भावना बोकेरका क्षेत्रहरु ओझेलमा परेका हो ।
नेपालको अग्लो पचालझरना,त्रिवेणीपाटन,पाण्डव गुफा,तिला गुफा,पञ्देवल,चुलिमालिका तथा पुग मन्दिर,कोटदरबार,लुवारेकोट,महावु पाटन यहाँका प्रमुख आकर्षक गन्तव्य भएर पनि दुर्गम र प्रचारप्रसार हुन नसक्दा यस्ता क्षेत्र ओझेलमा पर्दै आएका हुन्।
धार्मिक एवम् पर्यटनको दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेका यी मध्य नेपालको ३ सय ८१ मिटर अग्लो झरना पचालझरना पनि एक हो । पचालझरना पुग्न सडक सञ्जाल नहुँदा पर्यटकलाई झरनाको अवलोकन गर्न समस्या हुने गरेको छ । स्थानिय सरकाले पर्यटकिय क्षेत्रमा चासो नदिदा र प्रचारप्रसारको अभावले यो झरना ओझेलमै रहेको स्थानिय भिम आचार्यले बताए ।
त्रिवेणी पाटन पर्यटकिय संम्भावना बोकेको क्षेत्र हो । यो कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दीरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट ४२ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको सान्नीत्रिवेणका शिक्षक छपेश बोगटी बताए । उनले भने ‘त्रिवेणीले पश्चिम नेपालको धार्मिक–सांस्कृतिक आयाम निकै थपेको छ । विभिन्न प्रजातिका वनस्पति रहेका छन् । त्रिवेणी क्षेत्रमा एक सय भन्दा धेरै विभिन्न किसिमका फूल फुल्छन् र २ सय भन्दा धेरै किसिमका चराचुरुङ्गीहरु छन् सयौं खाले जडिवुटि पनि पाइन्छ ।’
अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पुगेको छैन् । मौसम अनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा बास र खानपिनकोे प्रबन्ध पनि छैन्। पर्यटनकालागि प्रचुरसम्भावना बोकेका पाण्डव गुफा,तिलागुफा,पञ्देवल,चुलिमालिका,पुगमन्दिर तथा कोटदरबार,लुवारेकोट,र महावु पाटनमा पनि विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जालको कमि छ । पर्यटन प्रबन्धनको लागि बर्षेनि छुटाईने रकम सदुपयोग नहुदा पर्यटकिय क्षेत्र जिर्ण हुदै गएको खाँडाचक्रका खगेन्द्र ख्डकाले बताए ।

पचालझरना
त्रिवेणी पाटन



karnalipress
१० श्रावण २०७९, मंगलवार १०:३५