
ललित विष्ट
असोज २६, कालिकोट । कर्णाली प्रदेशलाई सुरक्षित बनाउनका लागि प्रहरी कार्यालयले विशेष अभियान जारी राखेको छ। कर्णालीमा लागूऔषध दुव्र्यसन तथा ओसारपसार,हिंसा,सवारी दुर्घटना,ट्राफिक अस्तव्यस्ततालगायतका प्रमुख समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै जारी राखेको हो ।
शुक्रबार सार्वजनिक सुनुवाइगर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले अपराध, हिंसा तथा असुरक्षाबाट सुरक्षित बनाउन प्रहरीले विशेष अभियान सञ्चालनमा रहेको बताए ।
सार्वजनिक सुनुवाइमा सहभागीहरुको गुनासो सम्बोधनगदै उनले सुरक्षित कर्णाली विशेष अभियान प्रदेशकै उद्देश्य रहेकाले सबै पक्षसँग समन्वय गरी बिभिन्न अभियान थालनी गरेको बताए । उनले दशैतिहार लगाएत चाडबाडमा हुनसक्ने बिभिन्न क्रिर्याकलाव रोक्न सबै सरोकारवालाहरुको सुझाब समेत लगेका थिए । यसैगरी यो अभियानमा अपराध रोकथाम, सवारी दुर्घटना तथा लागूऔषध सेवन र कारोबारमा कमी ल्याउने गतिविधि सञ्चालन गर्न सहभागीले सुझाब दिएका थिए ।
कर्णाली प्रदेशमा सुरक्षालाइ मजबुद बनाउन ,जिल्ला प्रहरी कार्यालय कालिकोटले प्रवाह गरेका सेवा तथा आगमि दिनहरुमा गर्ने कामको बारेमा सम्पुर्ण नागरीकलाइ जानकारी गराउने उदेश्यले कार्याक्रमको अयोजना गरीएको हो ।
दशैतिहारको बेलामा बजारमा हुने कालो बजारी,चोरी निकासिलाइ तथा महंगिलाइ रोक्नपर्ने सहभागिहरुको भनाइ छ । जिल्लामा हुने अन्य अपराधका कार्यहरु रोकि जिल्लालाई सुशासन मैत्रि जिल्ला बनाउनन सबै सरोकारवाला लाग्नु पर्ने कार्यक्रमका अन्य सहभागिको धारण थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सडक दुर्घटना कमगर्न नागरिक समाज जिल्ला स्थीत सरोकारवाला सबैको सहभागितामा पटक पटक निर्णय हुनेगरेको बताए । उनले बेलुका ७ बजे सम्म मात्र गाडि चलाउने गरेको बताउदै । लागुपदार्थको विषयमा पनी जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ हुल्मबाट केही दिन पहिला ३ जना लाइ खैरो हिरोइन सहित प्रकाउ गरेको बताए ।
karnalipress
२७ आश्विन २०८०, शनिबार ०६:३०