
माघ १६, सुर्खेत। कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सदस्य साेशिला शाहीले आफ्नो पार्टीलाई प्रदेश सभा बैठकमा सिट व्यवस्थापन नगरेको भन्दै बैठकबाट बाहिरिएकि छन् ।
प्रदेश सभा सदस्य शाहीले राप्रपालाई प्रतिपक्षको मान्यता दिए पनि सिटको व्यवस्था नहुँदा आफू पछाडि बस्नुपरेको र सिट व्यवस्थापन नभएसम्म बैठकमा सहभागी नहुने भन्दै बाहिरिएकि हुन् । उनले बैठकबाट बाहिरिएपछि कर्णाली प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
उनले प्रदेश सभामा राप्रपालाई स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरिन । अरू प्रदेश सभा सदस्यले अगाडि आएर सिट ओगटेर बस्ने र आफू अन्तिममा बस्नुपरेको बताईन । शाहीले आफूले कर्णालीको विकास, समृद्धि र निमुखा जनताको बारेमा प्रतिपक्षको भूमिकामा रहेर धारणा राख्न पाउनुपर्ने उल्लेख गरेकि थिइन् ।
उनले सिट व्यवस्थापन गरेर मात्रै बैठकमा बोलाउनू भन्दै बैठक छाडेर हिँड्न् । ‘मेलै सरकारलाई विश्वासको मत दिए भन्दैमा सत्ता पक्ष हुने र तटस्थ बस्दैमा एमालेलाई सहयोग गरेको भन्ने ? मैले जाने कहाँ ? उनले प्रश्न गर्दै भन्न, ‘अगाडि आएर मेराे सिट ओगटेर बस्नुभएको छ । आज म अहिले यत्तिकैमा जान्छु सभामुख महोदय, सिट व्यवस्था होस् । सिट व्यवस्था भएपछि फेरि आउन पाइए पछि आउँला । नपाइए नआउँला । मेरो आवश्यकता भए पछि बोलाउनुहोला ।’



karnalipress
१६ माघ २०७८, आईतवार २०:३६