राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको प्रतिनिधि सभाका सांसद महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका छन्। कार्यक्रममा तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर प्रसाद उपाध्याय,उपप्रमुख महेन्द्र बहादुर शाही,रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही,महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह,नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलसहितका जनप्रतिनिधि तथा बिभिन्न राजनीतिक दलका अगुवाको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न वक्ताले खेलकुद क्षेत्रको महत्वका बारेमा चर्चा गरेका थिए।