कालिकोट प्रदेश ख को समानुपातिक उम्मेदवारमा माओवादी केन्द्रवाट मिठ्ठु शाहि सिफारिस ।।

कालिकोट

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनाबका लागि पार्टिले उम्मेद्वार सिफारिस गरेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र , नेपाली काग्रेस , नेकपा समाजवादि लगायतका पार्टीले प्रदेस र प्रतिनिधि सभाको चुनाबका लागि नेताको नाम सिफारिस गरेका छन ।

नेकपा माओवादी केन्द्र कालिकोटले पनि प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि नेताहरुको नाम सिफारिस गरेको छ । कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं ख को समानुपातिक उम्मेदवारमा मिठ्ठु बम शाहि ( शैलेजा) को नाम पनि सिफारिस गरेको छ । यस्तै हजा सुनार र भानुभक्त संज्यालको नाम पनि पार्टिले सिफारिस गरेको छ ।

माओवादिको वर्चस्व रहेको कालिकोट जिल्लामा प्रदेश ख मा ३ जनाको नाम सिफारिस भएपछि चर्चा चुलिएको छ । २ जना महिला १ जना पुरुषको नाम सिफारिस भएपछि महिलाले नै ग्रहायता दिनु पर्ने भनाई पनि एक थरिको छ भने सबैलाई समेटेर पार्टिमा गरेको योगदान हेरेर पनि छनौट गर्नु पर्ने माग पनि छ ।
को हुन मिठ्ठु शाहि ( शैलेजा ) ?

२०५६ साल फागुन महिना देखि सशस्त्र दन्दको बेलामा माओवादि पार्टिमा लागेकि हुन । १० वर्षको जनयुद्धमा परिवर्तन र महिलाको नेतृत्वका लागि घरपरिवार छोडेर जनयुद्धमा होमिएकि थिइन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा सान्नी त्रिवेणि गाउँपालिकाको अध्यक्ष पदमा दावि गरेकि उनलाई पार्टिले टिकट दिएन । माओवादि पार्टिमा जिल्लामै महिलाको नेतृत्व गर्ने उनिलाई पार्टिले टिकट नदिएपछि उनले त्यति बेला पनि पार्टिले आफुलाई अन्याए गरेको बताएकि थिईन ।

यस्तै २०७९ को स्थानिय तहको निर्वाचनमा पनि गाउँपालिकाको अध्यक्षमा दावि गरेको उनलाई पार्टिले उनी माथि फेरि पनि अन्याय गर्यो । २०५६ साल देखि आफ्नो घर परिवार नभनि पार्टीमा लागेर पनि पार्टिले आफ्नो योगदान र त्यागको मुल्याङकन गर्न नसकेको बताईन ।

माओवादि केन्द्र कर्णाली प्रदेश कमिटिको सदस्य , सान्नि त्रिवेणी गाउँ कमिटिको पाटि ईन्चार्ज , अखिल नेपाली महिला संघ (क्रान्तिकारि )कालिकोट जिल्ला संयाेजक समेत रहेको उनलाई पार्टिले विभिन्न काममा प्रयोग मात्र गर्दै आएको र न्याए नदिएको उनको गुनासो छ ।

आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कालिकोट जिल्लाको प्रदेश ख को समानुपातिक उम्मेदवारमा पार्टीले सिफारिस गरेपछि पार्टीमा लागेको फल मिलेको महशुस भएको उनले बताईन ।

पार्टिले आफ्नो योगदान र त्यागलाई बुझ्न सकेन भने पार्टिमा रहेर बस्नुको औचित्य पनि सकिएको उनले बताईन । उनले पार्टिले यश पटक पनि आफुलाई न्याय नदिय स्वतन्त्र भएर बस्ने र पार्टिका कुनै पनि गतिविधिमा सहभागी नहुने उनले बताएकि छन ।