पलाँतामा सुबिधा सम्पन्न अस्पताल बन्दै

श्रावण ८ कालिकोट जिल्लाको पलाँता गाउपालिका स्थित पलाँता अस्पतालको नयाँ भवनको  शिलान्यास गरिएको छ।पलाँता गाउँपालिकाको  ३५ लाख आर्थिक सहयोगमा  निर्माण गरिने पलाँता अस्पतालको भवन आज शिलान्यास गरीएकाे हो।

पलाँता अस्पतालको भवन शिलान्यास निर्माणकार्य आजैदेखि सुरु भयको छ उक्त भवन निर्माणको जिम्मा परिबर्तन निर्माण सेवाले पाएको छ । निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन निर्माण सेवालाई गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले  निर्देशन दिनुभयको छ । यो भवन निर्माण पछि डेलिभरि, एक्सरे र ल्यापको लागि गुणस्तरीय सेवामा टेवा पुग्ने अध्यक्ष बमको भनाई छ ।

कोरोना कहरले ठप्प भएको विकास निर्माणको काम पलाता गाउँपालिकाले गर्दै आइरहेको छ। काम बन्द हुँदा भौतिक प्रगति हाँसिल गर्न नसकिने भएपछि बन्दा बन्दीका बिच पनि पुर्बाधार बिकासको काम निरन्तर गर्दै आइरहेको छ ।

उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ,वडा अध्यक्ष टक्क बहादुर बम, बिकास निर्माण दल संयोजक कल बहादुर बम उमेश, प्राबिधिक काली बहादुर बम, खगेन्द्र मल्ल, बिनोद कुमार बम, हिक्मत प्याकुरेल, सुरेश प्याकुरेल, पत्रकार लगाएत स्थानीय बासिन्दाको उपस्तिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको नेता खगेन्द्र मल्लले जानकारी दिए ।