भाद्र २३,कालिकोट। एकिकृत एस रोज्नेहरुमा सबै भन्दा वढी शुभकालिकावाट भएका छन । गाउँपालिकावाट सबै २१ जना, खाँडाचक्र नगरपालिकावाट १५ जना, रास्कोट नगरपालिकावाट ४ जना, शान्नीत्रिवेणी गाउँपालिकावाट ४ जना, महावै गाउँपालिकावाट ५ जना, पचालझरना वाट ५ जना, पलाँतवाट ३ जना, नरहरीनाथ गाउँपालिकावाट ५ र तिलागुफा नगरपालिकावाट ३ जना रहेका छन ।
नेकपा एसका नेताहरुले बिभिन्न आसपासन दिएर आफ्नो पक्षमा सनाखत गर्न लगाएको समेत वुझिएको छ । सनाखत गर्न निर्वाचन कार्यालय पुगेकाले मन नहुदा नहुदै पनि माधव समुहमा लाग्नु परेको आपसमा कुरा गरेको सुनिन्थ्यो एक कर्मचारीले भन्नु भएको छ । हामीले धेरै कुरा गर्न मिल्दैन गछौ भनेपछि गराई दिने हो । सरकारी गाडी, मोटरसाईकल, प्रयोग गरेर गाउँवाट जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय पुगाएर सनाखत गरिएको आफुलाई सुचना आएको नेकपा एमाले कालीकोटले जनाएको छ ।
नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले धेरै जसो जनप्रतिनिधिलाई बिभिन्न आसपासन देखाएर सनाखत गराइएको खवर आएको वताउनुभयो । अवसरका लागि भएपनि सनाखत गरिदिनेहरुलाई आफुहरुले रोक्न नचाहेको वताउनुभयो । भोली आफ्नो लगानी भएको पार्टी एमालेमै फर्किन्छन हामीलाई बिश्वास छ , त्यसैले पनि नेकपा एसमा नजानु होस भनेर कसैलाई फोन नगरेको शाहीको भनाई छ । उहाँहरुले आफै थाह पाउहुन्छ किन भने एक पार्टीवाट चुनाव जित्ने र अर्को पार्टीमा जानेलाई गाउँमा मतदाताले सुख नदिने भएकाले भोली घुमिफिरी एमालेमै आउन वाध्य हुने अध्यक्ष शाहीको वुझाई छ ।
६५ जनप्रतिनिधिले रोजे नेकपा एस
कालीकोट जिल्लामा नेकपा एमालेवाट जितेका ६५ जनाले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका छन । भदौँ २२ गते सम्म दल रोज्न दिएको समय सिमाभित्र सुर्य चिन्नवाट चुनाव लढेर जितेका सबै तहका ६५ जना जनप्रतिनिधिले माधव समुहको नेकपा एस रोजेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
२०७४ सालको स्थानिय तहको चुनाव नेकपा एमालेले एक नगरपालिका प्रमुख, एक उप्रमुख, दुइ गाउँपालिका अध्यक्ष, दुई उपाध्याक्ष, २५ वडा अध्यक्ष सहित एक सय ४४ जना निर्वाचित भएका थिए । जसमा दुई गाउँपालिका अध्यक्ष एक उपाध्याक्ष एक उपप्रमुख, १२ जना वडा अध्यक्ष सहित ६५ जना एमालेवाट अलग भएका छन ।
नगरपालिका प्रमुख, गाउँपालिका उपाध्यक्ष, १३ जना वडा अध्यक्ष सहित ७९ जना जनप्रतिनिधि भने नेकपा एमाले मै रहेका छन । जिल्ला निर्वाचन कार्यालय कालीकोटका सुचना अधिकारी गोन्दि बिकले दिनु भएको जानकारी अनुसार सबै गरी ६५ जनाले नेकपा एस रोजेका छन । अरु हामीले भन्न मिल्दैन, आयोगले सार्वजनिक गरेपछि मात्र थाह हुन्छ । तर सबै गरेर ६५ जनाले नेकपा एस रोजेका छन बिकले भन्नुभयो ।
karnalipress
२३ भाद्र २०७८, बुधबार १७:०५