
श्रावणा ९,काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।
विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।



karnalipress
९ श्रावण २०७८, शनिबार १५:४०