सुर्खेतबाट ठगी धन्दा चलाउने निलम भट्टराई पक्राउ

कार्तिक ३,सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठगी धन्दा चलाउने झापा निवासी निलम भट्टराईलाई नियन्त्रणमा लिएको छ ।राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगि गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टले बताए ।

‘महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जागिर लगाई दिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।’ उनले भने, ‘उनले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेतमा पक्राउ गरेका हौं ।’

उनको साथबाट नक्कली डीएसपीको परिचय–पत्रसमेत बरामद भएको छ ।पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले आजै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौ पु¥याएको छ ।by-nepalpress