
भाद्र २८,कालिकोट निरन्तरको वर्षाले विद्यालय भत्किदा विद्यार्थीहरु खुल्ला चौरमा पढ्न बाध्य भएका छन ।पचालझरना गाउँपालिका वडा नम्बर ३ स्थित भंकमा रहेको शिशुकल्यण आधारभुत विद्यालयको छाना भत्किदा विद्यालयका विद्यार्थीहरु खुल्ला चौरमा वस्न बाध्य रहेको छन ।
भाद्र २६ गते रातीको वर्षाले विद्यालय भत्किदा विद्यार्थीहरु खुल्ला चौरमा वस्न बाध्य रहेको विद्यालयका प्रधानाध्यापक गोरख रोकायाले बताएका छन ।उनका अनुसार, विद्यालयको भौतिक संरचनानै जिण भइसकेकाले थप संरचना आवश्यक रहेको भन्दै गाउँपालिका संग माग गरेको बताए।



karnalipress
२८ भाद्र २०७८, सोमबार १६:०९