
ललित विष्ट माघ १६, कालिकोट । तिलागुफा नगरपालिको गाल्जेमा ऐतिहासिक गाल्जे साँगु मेला सुरु भएको छ । एक हप्तासम्म लाग्ने मेला माघ १५ गतेदेखि सुरु भई २२ गतेसम्म लाग्ने भएको हो ।
परापुर्व कालमा पतिको निधन पछि सति गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झना स्वरुप १२ वर्षको एक पटक माघ पूर्णिमाको अवसमा ऐतिहासिक धार्मिक मेला तथा जात्रा हुने गरेको छ । यसपटक पहिले भन्दा भव्य तयारी साथ कार्यक्रम सुरु भएको छ ।
असोज १९ गते देखी परेको अविरल वर्षातले ऐतिहासिक गाल्जे साँगुलगायत त्यहाँका सबै पुजाका सामग्री बगाएको थियो । गाल्जे साँगु बगाएपछि स्थानीयले पुनः काठको साँगु तयारगरी सबै कार्यपुरा गरेपछि ऐतिहासिक गाल्जे साँग पुजा मेला सुरुगरेको तिलागुफाका नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
पर्यटन क्षेत्र विकासको लागी र धार्मिक कहत्व र्दशाउन नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माण समेत गरिएको उनको भनाई छ ।
जुबिथा गाउँका महिलाहरु यो धार्मिक ऐतिहासिक पुजामा नआएमा सत्यवती देवी रिसाउने विश्वास स्थानीय महिलाहरुले गर्ने गरेका छन्। सात दिन सम्म लाग्ने मेलामा कालिकोटको जुबिथा,गाल्जे,राँचुली,शुभकालिका,महावै, खाँडाचक्र,
जुम्लालगायत आसपासका गाउँपालिकाका भक्तालु जनहरु आउने गरेका छन्। उक्त मेलामा धामी नाचको साथै देउडा लगायतका साँस्कृतिक प्रस्तुतीहरु समेत व्यापक रहने गरेको स्थानीयले बताएका छन् ।
यो मेला १२ वर्षको एकपटक लाग्र्नेगर्छ । मेलामा ऐतिहासिक एक सरे धागोमा तिला नदिबाट एक गाँग्रीमा पानि ल्याउने,सागुका बाडामा धामी नाच्ने लगाएतको धार्मीक कहत्व र्दशाउने गरीन्छ ।






karnalipress
१६ माघ २०७९, सोमबार १५:१९