३ जना पेस्तोलसहित पक्राउ

श्रावण ११, वीरगन्ज : वीरगन्जमा प्रहरीले हतियारको खरिद बिक्रीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका २५ का २२ वर्षीय अनिल पटेल र २० वर्षीय रक्की पटेल तथा पर्साकै पोखरीया नगरपालिका २ का २० वर्षीय विक्रान्ता पटेल ररहनु भएको छ।

उहाँहरुको साथबाट एक थान कटुवा पेस्तोल पनि प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । वीरगन्ज १५ लक्ष्मणवा चोकस्थित एक होटलमा बसेर ३ जनाले हतियार खरिद बिक्री गरिरहेको सूचना प्रहरीले पाएको थियो ।

त्यहि सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा बसेर खाजा खाइरहेका तीन जनामध्ये अनिलको शरीर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो।

पेस्तोलसहित तीनैजना युवक र उनीहरुको साथमा रहेको २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो।