जिल्ला कारागार कालीकोटमा कैदीवन्दीलाई वस्ने ठाउँको अभाव

असोज २७ ,कालिकोट।  कालीकोटको रास्कोट नगरपालिका वडा नं ५ का नरध्वज शाही ज्यान मुद्धामा कसुर प्रमाणीत भएपछि कैद भुक्तानका लागि जिल्ला कारागारमा छन । आफु परिवन्दमा परेको पिडा एका तिर छ भने अर्को पिडा रातभरी सुत्न नपाएको छ । कारागारमा ४९ जना कैदीले पालैपालो सुत्नु पर्ने अवस्था छ । १५ जनाको क्षमता भएको जिल्ला कारागारमा आज भोली ४९ जना कैदीवन्दी भएपछि वस्न सम्म पुग्दैन, त्यसैले कोही सुत्छौ कोही वस्छौ शाहीले सुनाउनुभयो ।

निन्दा त खासै लाग्दैन, तर स्वास्थ्यमा असर हुने रहेछ । आफु कारागार आएदेखि दुई वर्षमा १० किलो तौल कम भएको सुनाउनुभयो । राता गाला चम्कीलो अनुहार भएका नरध्वज शाहीको अनुहार पुरै चायापोतोले कालो वनेको छ । उनी लगाएत अरु कैदीवन्दीको अनुहार बिग्रेको र कम्जोर स्वास्थ्य भएको देख्दा जो कोहीले वन्दी जिवन विताउदाको पिडाले हो भनेर अनुमान गर्छन । तर त्यो मात्र कारण भने पक्कै होइन । १५ जनाको मात्र क्षमता भएको वन्दीगृहमा ४९ जना कसरी वस्छन र सुत्नछन होला ।

दैनिक ८ घण्टा सुत्नु स्वास्थ्यका लागि उत्तम मानिन्छ । तर कारागार कालीकोटका कैदीवन्दी दैनिक तीन घण्टा पनि सुत्न पाउदैनन । कारागारका प्रमुख जेलर नरवहादुर सार्कीले महिला र पुरुष गरी ५५ जना कैदीवन्दी रहेको वताउनुभयो । उहाँले १० जनाको क्षमता भएको महिला वन्दीगृहमा चार जना महिला र दुई जना वालवालिका गरी ६ जना छन । उनिहरुका लागि त ठिकै छ । तर १५ जनाको क्षमता भएको पुरुष वन्दीगृहमा भने ४९ जनालाई वस्न निकै कठिन भएको प्रमुख सार्किको भनाई छ ।

चर्पिलाई कोठाका रुपमा प्रयोग गरिएका छन भने वाहिर अस्थाई चर्पि वनाएर वन्दीलाई दिसापिसाव गराउने गरिएको कार्यालय प्रमुख सार्कीले वताउनुभयो । हामीले पनि यो समस्या समाधानका लागि भित्र खाली भएको जमिनलाई टिनको वार लगाएर भएपनि केदीवन्दीलाई सहज वनाउन खोज्दा पनि भएन ।

यसै बिच कालीकोट कारागार साँगुरो मात्र होइन जिर्ण पनि छ । पुरानो भवन भएको र साँगुरो पनि भएकाले नयाँ भवनका लागि भनेर प्रदेश सरकारले गत आर्थिक वर्षमा एक करोड वजेट छुटाएको कुरा सुनियो । तर कानमा सुनियो मात्र अख्तीयारी आएन । कार्यलय प्रमुख सार्कीले आफु त्यो वेला अन्तै कार्यरत रहेकाले सुनेको मात्र सुनाउनुभयो । पछि वजेट कता गयो के भयो केही जानकारी छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले संघको माताहतमा भएकाले प्रदेशले प्रक्रिया पुरा नगरी वजेट छुटाउदा कायन्वयनमा समस्या भएपछि फिर्ता गएको सुनेको वताउनुभयो । सस्तो लोकप्रियताका लागि पनि मन्त्रीहरुले वजेट दिन खोज्ने तर प्रक्रिया नमिलाउदा यस्तै समस्या अन्त पनि भएको प्रजिअ आचार्यको भनाई छ ।

प्रदेशका मुख्यमन्त्री कारागारमा आउदा भवनको समस्या भएको सबैले गुनासो भएपछि ल वजेट प्रदेश सरकारले दिन्छन भन्नु भएको रहेछ, शिर्षकमा पनि वजेट देखियो । तर प्रक्रिया नमिलेपछि कार्यन्वयन भएन । अहिले जिर्ण भवन भित्र जागाराम वन्दी वसिरहेका छन । पानी परेको खण्डमा वस्ने समेत ठाउँ हुदैन थियो । जुन पानीको छिट्टा आकासवाट झर्यो सोही छिट्टा भित्र कोठामा पर्नेभएपनि यसपालिका छाना मात्र मर्मत गरेर वस्न लाएको वनाईको छ ।