
कालिकोट । जिल्लाकाे तिलागुफा नगरपालिका – ५ को धनडामा मीनिट्रक दुर्घटना भएको छ।
दुर्घटना परि चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगर पालिका – ७ का २८ वर्षका छवि प्रसाद चौलागाईको उपचारका क्रममा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ भने साेहि ठाउँका १८ वर्षका सहचालक दिनेश शाहिको स्वास्थ्य अबस्था गम्बिर रहेको प्रहरीले जनाएको छ।
मुगुदेखि छुटेको कर्णालि प्रदेश ०२ -००१ख ०३५६को ट्रक कर्णाली मार्ग देखि करिब ५०० मिटर तल खसेको छ।
ट्रकमा ग्यास सिलिन्डरको सामान मात्र रहेको प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी सुबराज बमले जानकारी दिए। दुर्घटना राति १बजे भएकाे प्रहरीले जनाएको छ।



karnalipress
११ फाल्गुन २०७९, बिहीबार ०८:१२