शैक्षिक सुधारको अभियानमा नगरपालिका

साउन १४,कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार अभियान शुरू गरेको छ । नगरपालिका भित्रका सम्पुर्ण सरकारी बिद्यालयहरूको अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत शैक्षिक गोष्ठी थालेको हो ।

नगरपालिकाका शैक्षिक सरोकारवाला,शिक्षक,र जनप्रतिनिधिहरूको सहभागितामा बृहत शैक्षिक गोष्ठी मार्फत समस्याको सावधान गरीने नगरप्रमुख धर्मराज शाहीले बताएका छन ।
नगरपालिकाले शनिबार एक कार्यक्रमका बिच गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार अभियान शुरू गरेको जनाएको छ ।