माधव नेपालको एमाले मा छु -नेता शाही

श्रावण २०,सुर्खेत । फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा स्वतन्त्र हैसियतमा वैशाख १५ गते सपथग्रहण गनुभएका नेता कुर्मराज शाहीले सर्वोच्च अदालतले गरेको आदेश लोकतन्त्रको विधि र प्रक्रिया जोगाउन आएको र आफुहरुले फैसलाको स्वागत गरेकाे बताउनु भयाे।

सर्वोच्च अदालतको आदेश अपेक्षाकृत नै रहेको दाबी गनुभयो कर्णाली प्रेसले तपाईंको विरुद्धमा आएको फैसलालाई किन स्वागत गर्नु भएको भन्ने प्रश्नमा उहाँले भनुभयाे ‘यो फैसला लोकतन्त्रको पक्षमा आएको छ । लोकतान्त्रिक विधी र पद्धतीको पक्षमा आएको छ । त्यो हाम्रो पक्ष वा विपक्ष भन्दा पनि दलीय शासनको पक्षमा आएको छ ।

’उहाँले आफुहरु एमाले नै रहेको प्रतिक्रिया दिदै‘केपी ओलीको एमाले होइनौं,माधव नेपालको एमाले हौं । ’ उहाँले भन्नु भयाे, ‘अहिले पनि हामी एमाले नै हौं, हिजो पनि थियौं र भोली पनि हामी एमाले नै हुन्छौं । अहिले यत्ति बुझ्नुस् ।’